पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ को मृत्यु, ९,२४७ जनामा संक्रमण, ५,७६७ जना सङ्क्रमणमुक्त
सोमबार
३ ,
जेष्ठ
२०७८
Tamor Khabar
386
नेपालमा थप ९,२४७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा केही बढी परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ।
अहिले काठमाण्डूमा २,३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,७६७ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि १,१३,४८० जनामा सक्रिय सङ्क्रमण छ।








