कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप
बिहीबार
१० ,
भाद्र
२०७८
Tamor Khabar
336
सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिनुभयो । “अठार वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेशपत्रसहित तोकिएको खोप केन्द्रबाट खोप सेवा लिनहुन अनुरोध गरिन्छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । विद्यार्थीलाई खोप लगाउन आवश्यक सहयोग गर्न हुन शैक्षिक र स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ ।








