रु ४६ करोडभन्दा बढी राजस्व सङ्कलन
आईतवार
२० ,
भाद्र
२०७८
Tamor Khabar
307
मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय, विविध शुल्कबापत ११ लाख दुई हजार र पुँजी बिक्री शुल्कबापत रु २९ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयअन्तर्गत पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा र इनर्वासिरा गाउँ विकास समिति रहेको बताइएको छ ।








