टिकटक बनाउने क्रममा सेतीमा खसेर बेपत्ता
मंगलवार
२९ ,
भाद्र
२०७८
Tamor Khabar
573
दमौलीः टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षीया पवित्रा लम्साल छन्।
प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन्।
साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ। प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार युवती साथीहरुसँग गएकी थिइन्। नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए।








