कार्यकाल सकिएका १० भातृ संस्थाको समय नथप्ने कांग्रेस निर्णय
मंगलवार
३ ,
फाल्गुन
२०७८
Tamor Khabar
528
नेपाली कांग्रेसले कार्यकाल सकिएका सबै भातृ संगठनको समय नथप्ने निर्णय गरेको छ।
आज बसेको कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका नेपाल तरूण दल, नेविसंघ लगायतका १० भातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको हो।
फागुन मसान्तभित्र भातृ संस्थाहरूको तदर्थ समिति गठन हुने कांग्रेस सहमहामन्त्री जीवन परियारले सेतोपाटीलाई बताए।
नेपाल मगर संघ र नेपाल मुस्लिम संघबाहेक अन्य भातृ संस्थाको कार्यकाल सकिएको छ।नेपाल दलित संघको चैत ७, ८ र ९ गते अधिवशेन हुँदैछ।by setopati








