धरानमा मतान्तर फराकिलो पार्दै हर्क साम्पाङ
शनिबार
७ ,
जेष्ठ
२०७९
Tamor Khabar
455
धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
उनले शनिबार दिउँसोसम्म १५ हजार ७७ मत प्राप्त गरेका छन्। ४७ हजार ९५ मतगणना गर्दा उनले सो मत प्राप्त गरेका हुन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरिन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत प्राप्त गरे। एमालेका उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरे।








