धरान उपमहानगरपालिका मेयरमा(हर्काराज राई)हर्क साम्पाङ निर्वाचित
आईतवार
८ ,
जेष्ठ
२०७९
Tamor Khabar
773
धरान : धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन्।
उनी ५ हजारबढी मतान्तरले विजयी भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ।
उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन्।








