ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंगलवार
१७ ,
जेष्ठ
२०७९
Tamor Khabar
426
पिलवस्तुः कृष्णनगर नगरपालिका ७ जौबारीस्थित सडकमा ना २ क ८१८ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महोमद हनिकको सोमबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।








