चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी
सोमबार
१३ ,
असार
२०७९
Tamor Khabar
346
काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् ।शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे ।








