यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना अपडेटः ३० जनाको शव भेटियो
आईतवार
१ ,
माघ
२०७९
Tamor Khabar
404
काठमाडौं। पोखरास्थित सेती नदीको खोचमा आज भएको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान दुर्घटामा मृत्यु भएकामध्ये ३० जनाको शव भेटिएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले ३० जनाको शव दुर्घटनास्थलबाट झिकिएको बताएका हुन्। विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको जनाइएको छ। उद्धार कार्य जारी रहेको केसीले बताएका छन्।








