‘संविधानको रक्षा गर्न नसके प्रजातन्त्र बच्दैन’
शनिबार
४ ,
बैशाख
२०७८
Tamor Khabar
432
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलामा उहाँले संविधानको रक्षा गर्न नसके प्रजातन्त्र नबच्ने र देशमा अस्थिरता र अराजकता पैदा भएर द्वन्द्वको स्थिति आउनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सचेतक गायत्री गुरुङ, गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहाल, वडाध्यक्षहरू लालबहादुर गुरुङ, तोरण गुरुङ, मित्र गुरुङ, युवानेता क्षितिज सापकोटालगायतले माओवादी केन्द्रलाई एकताबद्ध बनाउँदै सङ्गठन निर्माणमा जुटन् आग्रह गर्नुभएको थियो ।








