‘राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैन’
बिहीबार
९ ,
बैशाख
२०७८
Tamor Khabar
337
प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको आज समापन गर्दै उहाँले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छद्मभेषी तत्वलाई मात्र फाइदा पुग्ने बताउनुभयो । “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन”, उहाँले भन्नुभयो । सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उहाँले आग्रह गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । –––








